बैशाख २५, काठमाडौं । सरकारले जेठ ३ गते मङ्गलवार बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३ गते मङ्गलवार दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । पूर्व बजेट छलफल भने ४ गतेदेखि सुरु हुनेछ । जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
Advertisement
पूर्व बजेट छलफल सामान्यतया झन्डै एक महिना गर्नुपर्ने भए पनि यस पटक पालिका चुनावका कारण बजेट प्रस्तुत गर्ने मितिभन्दा १२ दिनअघि मात्रै अधिवेशन सुरु गर्ने गरी सरकारले सिफारिस गरेको हो ।


