काठमाडौं : काठमाडौंको बबरमहलमा आइतबार राति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कूटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका ५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा वीर अस्पतालमा गएराति करिब २ बजे मृत्यु भएको हो।
Advertisement

