चितवन, बैशाख ११।
लियो क्लब अफ नारायणगढ चित्रवनको १४औ साधारणसभा तथा शाखा अधिबेशन सम्पन्न भएको छ। अधिबेशनबाट लायन बर्ष २०२२-२३ को लागि अध्यक्षमा लियो बिमोचन आचार्य निर्बाचित भएका छन्। आचार्य सँग बिभिन्न संघ संस्थामा रहेर सफल नेतृत्व गरेको अनुभव छ । उहाँ विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रा लिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्छ।
साथै प्रथम उपाध्यक्षमा लियो बिनोद भण्डारी ,
दृतिय उपाध्यक्ष : लियो आशिस लामिछाने
सचिव : लियो सुमन श्रेष्ठ
कोषाध्यक्ष : लियो राजु भण्डारी
सह सचिव : लियो रुविशा अधिकारी
सह कोषाध्यक्ष : लियो बालकृष्ण भण्डारी
जन सम्पर्क अधिकृत : लियो दिक्षा शर्मा
टेर ट्विस्टर : अशिम कडेल
निर्देशक : लियो अमृत लामिछाने
निर्देशक : लियो धर्म नाथ यादव निर्बाचित भएका छन्।
१४औ साधारणसभा तथा शाखा अधिबेशनमा ,मनोनयन अधिकृत लियो रमेश कडेल , निर्वाचन अधिकृत लियो सन्दिप पाठक हुनुहुन्थ्यो भने प्रमुख अतिथिको रुपमा लायन्स क्लब अफ नारायणगढ चितवन लायन बर्ष (२०२१/२२ ) का अध्यक्ष लायन केशवप्रसाद लामिछाने रहनुभएको थियो।साथै अधिबेशनमा लायन्स क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लायन हर्षमान श्रेष्ठ , लायन्स क्लव अफ नारायणगढ चित्रवनका नव निर्वाचित अध्यक्ष लायन प्रबिन कुमार श्रेष्ठ , लियो जिल्ला परिषद ३२५ आर, नेपालको ( ला. बर्ष २०२२/२३) को जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको लियो क्लव अफ नारायणगढ चित्रवनका पूर्व अध्यक्ष लियो पुरुषोतम सुवेदी ,
क्लवका पूर्व अध्यक्षहरु प्रवेश गौतम , बिकास पाण्डे ,सन्दिप पाठक , प्रवेश बाबु खनाल , रमेश कडेलको उपस्थिति रहेको थियो । अधिबेशन लियो सन्तोष सुवेदी अध्यक्ष लायन बर्ष २०२१-२२ को सभापतित्वमा सम्पन्न भएको थियो ।

