भरतपुर, बैशाख २।
एस वान ग्रुपका सन्चालक सुरज न्यौपानेले रत्ननगर १२ निबासी जेहेन्दार छात्रालाई सहयोग गरेका छन्।
अघिल्लो वर्ष दुई जना छात्राहरूलाई ५ बर्षको लागि पूर्णरूपमा शैक्षिक छात्रबृत्ति दिदै आएका न्यौपानेले यस वर्षबाट थप एक छात्रालाई सहयोग गरेका छन्। अघिल्लो वर्ष सहयोग गरेका छात्राहरुले राम्रो परीक्षाफल प्राप्त गरेबापत उनीहरुलाई हौसला बढाउने हेतुले केही शैक्षिक सामग्रीहरु वितरण गर्ने क्रममा उनले यो घोषणा गरेका हुन्।
५ जना विद्यार्थीलाई यसरी नै सहयोग गर्ने उनको लक्ष्य रहेको पनि बताएका छन्। सरस्वती केन्द्र नेपालको पहलमा उनले सहयोग गर्दै आएकोमा केन्द्रका अध्यक्ष डा. वसन्त प्रसाद अधिकारिले धन्यवाद व्यक्त गर्नु भएको छ।
Advertisement

