चैत्र २८, चितवन । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्षका लागि नेकपा एमालेले दानबहादुर गुरुङको नाम सिफारिस गरेको छ । नेकपा एमालेको इच्छाकामना गाउँ कमिटीले पालिका अध्यक्षमा गुरुङको नाम सिफारिस गरेको हो ।
आज (सोमबार) बसेको गाउँ कमिटी बैठकमा अध्यक्ष कृष्ण सिलवालले गुरूङलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । त्यसलाई अनुमोदन गरेको छ।
Advertisement
नेपाल राष्ट्रिय शिक्षक संगठन पूर्व जिल्ला अध्यक्ष समेत रहेका गुरूङ शिक्षण पेशाबाट राजनीमा दिएर राजनीतिमा सक्रिय हुन लागेका हुन् । गाउँपालिका उपाध्यक्षको उम्मेदवारका लागि ७ जनाले दावी पेश गरेका छन् ।

