चैत्र २७, चितवन । नेपाली काङ्ग्रेसको केन्द्रीय निर्देशन र चितवनको परिपत्र अनुसार आज आइतबारबाट भरतपुर महानगरपालिकाको महानगर प्रमुख र उपप्रमुख पदको लागि मनोनयन दर्ता शुरु भएको छ ।
नेपाली काङ्ग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आज र भोलि दुई दनि सम्म मनोनयन गर्ने समय तोकिएको माहानगर सचिब कृष्ण बगालेले बताए । बहिान ११ बजे बाट मनोनयन प्रक्रयिा शुरु हुने छ, सचिब बगालेले भने, मनोनयनका लागि सम्पुर्ण तयारी पूरा भएको छ ।
Advertisement
उनका अनुसार भरतपुर माहानगर पालिकाको मेयरको लागिदर्ता शुल्क तीन हजार र उप मेयरको लागि दुइ हजार रुपैयाँँ तोकिएको छ । आगामी बैशाख ३० गते स्थानीय तहको नर्विाचन हुँदै छ ।

