किरण रानामगर मंसिर ०१,चितवन । नेपाली काङ्ग्रेसका नेता तथा प्रबक्ता विश्व प्रकाश शर्माले वर्तमान समयमा राजनीति परिवर्तन हैन राजनीतिमा परिवर्तन आवस्यक रहेको बताउनुभएको छ । आज नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा न. ७ द्वारा आयोजित” दलमा रुपान्तरण देश रुपान्तरण एवं जेस्ठ नागरिक सम्मान” कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले सो बताउनुभएको हो। शर्माले वर्तमान समयमा राजनीति परिवर्तन भन्दा पनि राजनीतिमा नै परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको हो । ६हजार७सय४३ वडाहरुको प्रतिनिधित्व गरेर आफू वडाको कार्यक्रममा आएको बताउनुभयो ।
रुख बलियो हुनको लागि जरैदेखी बलियो हुनुपर्ने भन्दै उहाले त्यही अनुरुप आफू वडा तहदेखी नै सक्रिय भएर लागेको जानकारी दिनुभयो। चितवनको माटोको आशिर्वाद लिन आफू आएको समेत बताउनुभयो। जनआन्दोलनको समयमा मावोवादिले बन्दुक हातहातमा बन्दुक थमाएपछी काङ्ग्रेसले पासपोर्ट थमाउनुपरेको समेत स्मरण गर्नुभयो । कोरोनाको समयमा सरकारले गरेको कामको आलोचना गर्दै शर्माले १० हजार मान्छेको हिसाब कस्ले बुझाउने? भनेर प्रश्न समेत गर्नुभयो। अबको समयमा पनि यदि पुरानै कार्यशैलिमा काम गरे जनताले त के आफ्नै पार्टीले समेत समर्थन नगर्ने उहाले बताउनुभयो ।
त्यस्तै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनका सभापति जित नारायण श्रेष्ठले 40लाख बेरोजगार युवाहरुले काङ्ग्रेसले कस्तो एजेन्डा लेउछ भनेर हेरिराको बताउनुभयो । कुर्सी मात्र हैन मस्तिष्क पनि फेर्न पर्ने भन्दै उहाले एउटा काङ्ग्रेसलाई देख्दा जब सम्म अर्को काङ्ग्रेस हासदैन तब सम्म काङ्ग्रेस कस्ले भन्ने भनेर प्रश्न गर्नुभयो जय नेपाल भन्न पनि लाजको अवस्था आइसकेकोले काङ्ग्रेसमा सुधारको आवश्यकता रहेको बताउनुभयो । पार्टी भित्र प्रवृत्ति बढेको भन्दै श्रेष्ठले हाम्रालाई नभै राम्रालाई अवसर दिनुपर्ने बताउनुभयो । आगामी चुनाबमा भरतपुर महानगरपालिकामा काङ्ग्रेसकै प्रतिनिधि छनोट गरे मेयर र उपमेयरमा जिताएर देखाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काङ्ग्रेसमा भोट हाल्न दिनुस हामी जिताएर देखाउने प्रतिबद्धता गर्छौ श्रेष्ठले भन्नुभयो । साथै जेष्ठ नागरिकहरुलाई सम्मान र अन्य पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रबेश गर्नेहरुलाई स्वागत गरिएको थियो। कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा न. ७ का वडा सभापति बिनोद ढकालको सभापतित्वमा सम्पन्न भएको थियो।

