कार्तिक ३०, काठमाण्डाै । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका कारण बिहानैदेखि यात्रुले सास्ती पाएका छन् । यता नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको आम्सिक प्रभाव चितवनमा पनि परेको छ ।
विशेषगरी लामो दूरीबाट यात्रा गरेर चितवन आएका यात्रुले बिहानैदेखि सास्ती पाइरहेका छन । विभिन्न जिल्लाबाट चितवन आइपुगेका यात्रु चितवनका विभिन्न ठाउँमा अलपत्र परेका छन् । चितवन बाट छुट्ने लामो दुरिको कुनै पनि सवारी साधन चल्न सकेको छैन भने चितवन हुँदै अन्य जिल्लामा जाने सवारी साधनहरु पनि चल्न सकेका छैनन । हिजो राती नै हिनेका अन्य जिल्ला जानको लागि छुटेका सवारीसाधनहरु समेत अल्पत्रमा परेका छन। अत्यावश्यक कामले हिनेका यात्रुहरु अल्पत्र परेका छन। केही ठाउमा बिप्लब निकट कार्यकर्ताहरुको उपस्थिति समेत रहेको छ। बिहानै देखि सार्वजनिक सवारिसाधनहरु चल्न सकेको छैन भने अत्यावश्यक सवारिसाधनहरु संचालन भएका छन। दुई पाङ्ग्रे सवारी मोटरसाइकल , साईकल हरु भने फाट्टफुट्ट सन्चालन भएका छन भने सुरक्षालाई मध्यनजर गर्दै बिहानै देखि चितवनका वभिन्न चोकहरुमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । भरतपुरको मुख्य मुख्य बजार क्षेत्रमा नेपाल प्रहरी, र ससस्त्र प्रहरी बल परिचालन गरिएको छ । सार्वजनिक गाडीको सङ्ख्या कम भए पनि निजी गाडी भने सामान्य रुपमा चलिरहेका छन् ।

