कात्तिक २८, काठमाडौं । चितवनमा कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आज देखि लगाइने भएको छ । चितवनमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यो खोप लगाउने व्यवस्था गरिएको हो ।
यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ भने दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने छ ।
यी हुन् फाइजर खोप पाउने लक्षित दीर्घ रोगी समूह
मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका ।
मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका ।
जुनसुकै प्रकारका क्यान्सरको उपचार गराइरहेका ।
फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका ।
अङ्ग प्रत्यारोपण रोगको औषधि सेवन गरिरहेका ।
अङ्ग प्रत्यारोपण गरेका ।
उच्च रक्तचाप वा मधुमेह भई उपचार गराइरहेका ।
रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका ।
मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका ।

