कात्तिक २७, काठमाडौं । बारामा कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका– ५ बस्ने ३५ वर्षीय मनोजप्रसाद जैसवाल रहेको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई बिहीबार राती खोपवा बजारबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए
आरोपित जैसवालको साथबाट एक थान पेस्तोलसहित एक राउण्ड गोली समेत बरामद गरिएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए । बारागढी गाउँपालिका–३ स्थित खोपवा बजारमा झगडा भइरहेको स्थानबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाई थियो । प्रदेश–३–०२–०१० प ७१२३ नम्बरको मोटरसाइकलमा बसिरहेका जैसवालको तलासी गर्दा कम्मरबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । आरोपित जैसवाललाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।
Advertisement

