कार्तिक २४, काठमाडौं । कोलम्बियाका स्ट्राइकर राडामेल फाल्काओ र डिफेन्डर ओस्कार मुरिलोले फिफा विश्वकप छनोटको खेल गुमाउने भएका छन्।
फाल्काओ र मुरिलोले ब्राजिल र पाराग्वेविरुद्धको खेल गुमाउने कोलम्बियन फुटबल फेडरेसनले जनाएको छ।
फाल्काओ करिब एक महिना मैदान बाहिर रहने बताइएको छ। उनले स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रायो भालेकानोका लागि रियल म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए। रायो भालेकानो सो खेलमा २–१ ले पराजय भोगेको थियो।
त्यसैगरी मुरिलो मेक्सिकोको लिगा एमएक्समा पाचुकाका लागि क्लब टिजुआनाविरुद्ध खेल्दा घाइते भएका थिए। शनिबार नै भएको सो खेलमा पाचुका ३–२ ले पराजित भएको थियो।
तर उनीहरुको स्थानमा आउने खेलाडीहरुको नाम सार्वजनिक गरिएको छैन। विश्वकप छनोट अन्तर्गत कोलम्बियाले बिहिबार ब्राजिल तथा पाँच दिनपछि पाराग्वेविरुद्ध खेल्ने तालिका रहेको छ।नोट गुमाउने

