कात्तिक २३ , काठमाडौं । नेपाली बजारमा आज रु २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।
तिहार सकिए लगतै गत सोमबार एकैदिन अधिकतम एक हजार ५०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ पुगेको सुनको मूल्यमा आज २०० रुपैयाँ घटेर ९२ हजार ३०० रुपैयाँमा कारेवार भएको छ ।
Advertisement
यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज २०० रुपैयाँले नै घटेर ९१ हजार ८०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज पनि प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

