कात्तिक १७, भरतपुर । भरतपुर सबस्टेसनको दुई थान ३० एमभिए १३२÷११ केभी ट्रान्सर्फमरमध्ये गत हप्ता एक थान ट्रान्सर्फमर जलेर काम नगर्ने भएकोमा आज पुनः अर्को ट्रान्सर्फमर पनि जलेर काम नदिने भएको छ ।
भरतपुर महानगरपालिका वडा नं १, २, ३, ४, ५, ७, ८, ९, १०, ११ र १२ एरियामा लाइन अबरुद्ध बनेको छ।नेपाल विद्युत् प्रधिकरण भरतपुर शाखाका इन्जिनियर राजेन्द्रप्रसाद पौडेलले भरतपुर सबस्टेसनमा रहेको २२ एमभिए ट्रान्सर्फमर जडान गरी बुधबार बेलुकीसम्म सप्लाई दिने बताए ।
Advertisement
मंगलबार नजिक रहेका चनौली, पर्सा र नवलपरासीबाट सप्लाई लिई अस्पतालजस्ता संवेदनशील क्षेत्रमा सप्लाई दिने प्रयासमा रहेको उनले बताए ।नेपाल विद्युत् प्रधिकरण भरतपुर शाखाले दीपावलीको अवसरमा ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी रहेको जनाएको छ ।

