प्रमिला तामाङ
कार्तिक १५, चितवन । तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा पत्रकार बबिलाल तामाङ चयन हुनुभएको छ। आज चितवनमा सम्पन्न तेस्रो जिल्ला अधिबेशनबाट तामाङको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरिएको हो। नया कार्यसमिति अन्तर्गत अध्यक्षमा बबिबाल तामाङ , उपाध्यक्षमा सुनिता लामा,सचिबमा प्रकाश तामाङ ,सहसचिवमा सन्तोष तामाङ ,कोषाध्यक्षमा प्रतिमा तामाङ ,सदस्यहरुमा सन्जय तामाङ ,सबिन लोप्चन तामाङ , युवक तामाङ ,सिमा तामाङ सुरेश थिङ तामाङ र प्रमिला तामाङ चयन हुनुभएको छ ।
कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र तामाङ ,बाग्मती प्रदेशका कृषि मन्त्री दावा दोर्जे लामा,राप्ती नगरपालिका वार्ड न. ९का उपमेयर इमानसिह लामा, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य तथा चितवन इन्चार्ज गोमान सिह तामाङ , नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सहसचिब तथा तामाङ पत्रकार संघ चितवनका सस्थापक अध्यक्ष उर्गेन तामाङ , सन्देश घलान,देबेन्द्र लामा,गोपाल विस्वकर्मा,सुनिता डल्लाकोटी,आईतिदेबी स्याङ्तान,दिल कुमारी थिङ,सन्जय चौधरी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। तामाङ पत्रकार संघ चितवनका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको गोमानसिह तामाङले संयोजन गर्नुभएको थियो । साथै कार्यक्रममा तामाङ पत्रकार संघ चितवनका सस्थापक अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनका सहसचिब उर्गेन तामाङलाई सस्थापक अध्यक्ष भएर संघलाई पुर्याएको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान समेत गरिएको थियो।
तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ चयन
तामाङ पत्रकार संघ चितवनको अध्यक्षमा बबिलाल तामाङ चयन
Advertisement
तपाईको प्रतिक्रिया

