• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ : मुख्यमन्त्री पाण्डे


कार्तिक १३, चितवन । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गर्नुभयो ।

Advertisement

सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीतिक आन्दोलन मार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नु पर्छ ।” प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उहाँले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “संविधान, सङ्घीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चार माध्यमको पक्षमा म हुने छैन ।” गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उहाँले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको उल्लेख गर्नुभयो ।

Advertisement

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भए पनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढङ्गले ठिक काममा लगाउँला ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गर्नुभयो । प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको हितमा पत्रकार महासंघ सधैँ रहने उल्लेख गर्नुभयो । पत्रकार महासंघ सुद्धिकरणका लागि तयार रहेको भन्दै उहाँले जिल्ला अध्यक्षलाई यस काममा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका प्रदेश सह–संयोजक शिशिर सिंखडा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रदेशका १० जिल्लाका महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता छ । भेलाले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तीन वर्षे कार्ययोजना बनाउने छ । रासस

शनिबार, कार्तिक १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा बसोबास गरेका सुकुम्वासीलाई नवलपुरमा घडेरी दिने सहमति
गणपति लघुवित्तको नवौ बार्षिक उत्सवमा बृद्धाआश्रमलाई नगद,अत्यावश्यक सामाग्री तथा खाद्यान्न बितरण
विश्वका ७०० ह्याकरको प्रतिस्पर्धामा फोर्ब्स कलेज चितवनका विद्यार्थी रञ्जन मरासिनी र विदिशा सुवेदीको उत्कृष्ट सफलता
होटल पौवाको १६औं शाखा चितवनको भरतपुरमा देशभरका सेफहरूले पस्किँदै ‘नेपाली स्वाद’
नेपालका युवा समीप न्यौपानेको टर्कीमा उत्कृष्ट सङ्गीतक प्रस्तुति
चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.