कार्तिक १३, चितवन । चितवन अटो मेकानिकल व्यावसायी संघ चितवनले २५ औ रजत महोत्सव वर्ष अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। बि. स २०५४ सालमा अटो क्षेत्रको बिकास र प्रबर्द्धनको लागि स्थापना भएको सो संघ बिजया दशमी, शुभदिपावली, छठ तथा नेपाल सम्बतको उपलक्ष्यमा नारायणघढमा कार्यक्रम आयोजना गरेको हो।
नेपाल अटो मेकानिक्स व्यावसायी महासंघका अध्यक्ष जनार्दन गैरेको प्रमुख आतिथ्यथामा आयोजित सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ , नेपाल अटो मेकानिक्स व्यावसायि महासंघका वरिष्ठ उपाध्यक्ष एबम पुर्व अध्यक्ष गोपाल भट्टराई , महासचिव टिकादत्त अधिकारी ,संघका सस्थापक अध्यक्ष जगतबहादुर श्रेष्ठ ,अटोमेकानिकल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नारायण कंडेल ,जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवान राज थापा,चितवन अटोमेकानिकल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष कृष्ण भन्डारी ,चितवन अटोमोबाईल्स डिलर एसोसिएसनका अध्यक्ष यज्ञप्रसाद पौडेल,चितवन अटो मेकानिकल व्यावसायी संघका निवर्तमान अध्यक्ष रामबहादुर लोहनि, पुर्व अध्यक्ष बलराम भन्डारी, रेडियो त्रिबेणि १००.६ मेगाहर्जका कार्यकारी निर्देशक अर्जुन अधिकारी ,भरतपुर महानगरपालिका अटोल्याण्ड व्यवस्थापन समितिका संयोजक खेमलाल भन्डारी, संस्थापक सदस्य मदन प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरुले भरतपुर महानगर वार्ड न. ३ नगरवन मार्गमा प्रस्ताव गरिएको अटोल्याण्ड निर्माणका लागि सबै सकारात्मक भएको बताएका थिए। तर त्यसबाट सो क्षेत्रको प्राकृति , भौतिक, सामाजिक, सास्कृतिक र आर्थिक प्रभाव बारे भने थप छलफल गर्नुपर्ने बताएका छन। संघका अध्यक्ष प्रेम प्रसाद पान्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष कमल उपाध्यायले राख्नुभएको थियो कार्यक्रममा विभिन्न संघ सस्थाका व्यावसायिहरुको सहभागीता रहेको थियो।

