कार्तिक १२, काठमाण्डाै । ट्रकको ठक्करबाट धादिङको धुनिबेसी नगरपालिका-९ सुरुङमार्गमा काम गर्ने एक मजदुरको ज्यान गएको छ ।
हिजो बेलुका सवा ८ बजे भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धुनिबेसी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको ज्यान गएको प्रहरीले जनाएको छ ।
Advertisement
उहाँको उपचारका क्रममा ट्रमा सेन्टर काठमाण्डौमा ज्यान गएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पाण्डेलाई गएराति नै उपचारका लागि ट्रमा सेन्टर ल्याइएको थियो । पाण्डेलाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

