कार्तिक ०९, काठमाण्डाै । केही दिनयता सुनको भाउ लगातार बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ ।
Advertisement
आज तोलामा सुन ९२ हजार ६ सय रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ भने स्थिर छ । चाँदीकाे भाउ हिजो जस्तै तोलामा १२ सय ६५ रुपैयाँ छ ।

