कार्तिक ०३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलोपटक भोट हाल्ने युवापंक्तिले सूर्यमै भोट हाल्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश आयोजक कमिटीको बैठकमा ओलीले पहिलोपटक भोट हाल्ने युवाले सूर्य बाहेक अन्यत्र हाले हात बिटुलिने बताए ।
Advertisement
सूर्य बाहेक अन्य चिन्हमा भोट हाले हात जुठो हुने ओलीले बताए । ‘देश बनाऔं भन्ने पवित्र भावनाको मान्छे छ, तर भोट हाल्छ गलत ठाउँमा । हात जुठिएन, हात बिटुलिएन’, उनले भने । सूर्य बाहेक अन्यमा भोट हालेर विटुलिएको हात चोख्याउन धेरै सावुन पानी चाहिने ओलीले बताए ।
‘बिटुलियो भने त्यसलाई जोख्याउन धेरै पानी, धेरै साबुन खर्च गर्नुपर्छ’, उनले भने ।

