असोज २७, चितवन । विजया दशमी, शुभ दिपावली, छठ पर्वको अवसरमा स्वस्तिक नेपाल भरतपुरले खाद्यान्न वितरण गरेको छ । भरतपुर वडा न: १२ मा रहेको आमाको माया छात्रावासमा त्यहा आश्रीत बालबालिकाहरुको लागि सो हस्तान्तरण गरिएको हो। सस्थापक अध्यक्ष हिरामान महर्जनको प्रमुख आतिथ्यता तथा अध्यक्ष राजन अधिकारिको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सस्थाका पुर्व अध्यक्षहरु सुदिपसिह अधिकारी, भरत मल्ल, सदस्यहरु सुमनकुमार श्रेष्ठ, ऋषि तिमिल्सिना ,नारायण कंडेल ,भिमलाल न्युरे, लगायतको उपस्तिथि रहेको थियो।
Advertisement

