असोज २५, काठमान्डौ। अछाममा जन्ती बोकेको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। अन्य १४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पञ्चदेवल विनायक नगरपालिका–१ कुइकामा आइतबार राति ११ बजेतिर से १ च १७६३ नम्बरको जीप दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन्।
Advertisement
दुर्घटनामा पञ्चदेवल विनायक–२ का १४ वर्षीय जीवन न्यौपानेको घटनास्थलमै मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी तुलसीराम अर्यालले जानकारी दिए। यस्तै पञ्चदेवल विनायक-२ का १८ वर्षीयका सर्प बोहरा र १७ वर्षीय हिमाल नेपाली तथा पञ्चदेवल वडा नम्बर ३ का १८ वर्षीय जीवन जैसीको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको डीएसपी अर्यालले बताए।
घाइते १४ जनामध्ये अधिकांशको जिल्ला अस्पताल अछाममा उपचार भरहेको छ। गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

