असोज २३,चितवन । बिजय दशमीको उपलक्ष्यमा राईनो क्लब नारायणगढ ब्दारा आयोजित ५ किलो मिटर दौड प्रतियोगितामा नेपाल प्रहरीका सन्तोषनाथ योगी प्रथम भएका छन् ।
उनले १५ मिनेट २४ सेकेण्डमा पाच किलो मिटरको दुर पार गरी प्रथम भएका हुन ।
प्रतियोगितामा दोश्रो नेपाल आर्मी कालि बहादुर गण भरतपुरका अमृत गुरुङ तेस्रो कालिका नगर पालिका पदमपुरका अमृत बोट चौथो भरतपुरमहागर पालिका १ रामनगरका सुबिर थापा र पाचौ भरतपुर महानगर पालिका बसेनीका कुशल गुरुङ भएका छन् ।
उनीहरुले क्रमश १६ मिनेट १० । १६ मिनेट १३ । १६ मिनेट २६ र १६ मिनेट ३८ मा पार गरेका थिए ।
बिजयी खेलाडीहरुले १० हजार ७ हजार ४ हजार २ हजार र १ हजार पुरस्कार प्राप्त गरेका छन् ।
स्वास्थ्यको लागि खेलकुद भन्ने उद्देश्यले आयोजना गरीएको प्रतियोगितामा नेपाल पुलिस नेपाल आर्मी लगाएतका ३५ जना खेलाडिहरुको सहभागिता रहेको थियो ।
देबघाट तर्फको जलमापन केन्द बाट शुरु भएको दौड नारायणगढको दियालो रोडको गेटमा सम्म भएको थियो ।
बिजयी खेलाडीहरु लाई भरतपुर महानगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष जयराम श्रेष्ठले पुरस्कार र प्रमाण पत्र बितरण गर्नु भएको थियो ।
उक्त अबसरमा श्रेष्ठले कोभिड पछी शुन्य रहेको खुल क्षेत्रमा प्रतियोगिताले केही भए पनि खेल गति बिधिमा टेवा पुगेको बताउनु भयो । राईनो क्लब नारायणगढका अध्यक्ष भरतकुमार श्रेष्ठको सभापतित्वामा भएको थियो भने प्रतियोगिताको सयोजक महेन्द्र वाग्ले रहनु भएको थियो ।
पाच किलो मिटर दौडमा नेपाल प्रहरीका योगि प्रथम
पाच किलो मिटर दौडमा नेपाल प्रहरीका योगि प्रथम
Advertisement
तपाईको प्रतिक्रिया

