• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

टुकी बालेर पढाउन शुरु गरिएको विद्यालय बन्यो देशकै उत्कृष्ट


चितवन । साठी वर्ष अघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर रातीमा पढाउन शुरु गरिएको नारायणी नमूना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्येको दोस्रो हुन सफल भएको छ । भरतपुर महानगरपालिका वडा नं. १० मा अवस्थित यो विद्यालयमा विद्यार्थी भर्नाका लागि धेरैका बीचमा प्रवेश परीक्षा हुने गर्दछ । बि.सं. २०२० साल जेठ ६ गते ४ जना विद्यार्थीलाई रात्रीकालिन कक्षबाट शुरु गरिएको यो विद्यालयमा अहिले ३ हजार ५७० विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

गुणस्तर मापद केन्द्रको परीक्षणमा ९३.०५ प्रतिशत अंक प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो । हिरक महोत्सव (६० औं वार्षिकोत्सव) मनाईरहेको विद्यालयको ईतिहास आफैमा मर्मस्पर्शी छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीण गराउने उद्देश्यका साथ नारायणी रात्री हाइस्कुलको नामबाट यो विद्यालय स्थापना भएको हो । दिनभरीको कामको थकानले थकित, उमेर छिप्पिएका युवा युवतीहरूले वेलुका ५ बजेदेखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए ।

Advertisement

उहाँले भन्नुभयो “बिजुलीबत्तिको अभावमा लालटिन, मइन्टोल, टुकीबत्ति बालेर पढनुपर्ने अवस्था थियो ।” तत्कालिन समयमा उमेरमा प्रौढ अवस्था वा युवा अवस्थाका विद्यार्थीहरुको पठनपाठनको नतिजा निकै न्यून थियो । रात्रीकालीन समयमा सोचे जस्तो नतिजा नआए पछि वि.सं. २०३७ सालमा विद्यालयलाई विहानी सत्रमा सञ्चालन गरियो । विहानी सत्रमा विद्यालय सञ्चालन गरे पछिको वर्ष वि.सं. २०३८ सालमा विद्यालयको प्रवेशिका परीक्षा सुन्य प्रतिशत भयो । विहानी शत्रबाट वि. सं २०४५ सालमा विद्यालय विहान १० देखि बेलुका ४ वजेसम्मको समयमा पठनपाठन सुरु भयो ।

संचालन शैलीमा केहि परिवर्तन भएकोले विद्यालयको शैक्षिक गुणस्तर क्रमश सुधार हुन शुरु भएको उहाँको भनाई छ । वि.सं. २०४९ सालबाट यस विद्यालयलाई व्यवस्थित ढंगले अगाडि बढाउन सामुहिक प्रयत्न र पहल भएको उहाँ बताउनुहुन्छ । विहान ९ः५० बाट बेलुका ४ः३० सम्म पढाउने, अतिक्ति अंग्रेजी÷गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्ण अंक ४० गर्ने, शिक्षक प्रतिवद्धता लिने, नतिजाको विश्लेषण र सार्वजनिकरण गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउने लगायतका योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठ योजना डायरी आदिको व्यवस्थापन गर्दै अगाडि बढ्दा वि.सं. २०५७ सालमा पुग्दा चितवन जिल्लाको प्रथम विद्यालयको रुपमा आउन सफल भएको तत्कालिन प्रअ टेकबहादुर थापा बताउनुहुन्छ ।

हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका थापाले भन्नुभयो “वि.सं. २०५७ साल देखि हाल सम्म विद्यालय जिल्लाको उत्कष्ट स्थानमा नै छ र वि.सं. २०६८ सालबाट राष्ट्रिय मुल्यांकनमा समेत विद्यालय उत्कृष्ट रहेको छ ।” वि.सं. २०६८ सालमा मध्यमाञ्चल आठौं, वि.सं. २०६९ मा रष्ट्रिय पाँचौं, वि.सं. २०७० राष्ट्रिय छैटौं, २०७१ मा राष्ट्रिय २१ औं २०७२ मा राष्ट्रिय दोश्रो तथा मध्यमाञ्चल प्रथम, २०७३ मा राष्ट्रिय दोश्रो तथा ३ नं. प्रदेशको प्रथम र २०७४ मा राष्ट्रिय चौथो साथै २०७५ को कक्षा १२ को परीक्षामा ३ न. प्रदेशको प्रथम हुन सफल भएको उहाँले जानकारी दिनुभयो ।

वि.सं. २०७८ सालको कक्षा १० को एस.ई.ई. परीक्षामा सर्वाधिक जी.पी.ए. (३.६ भन्दा माथि ४ जी.पी.ए. सम्म) ल्याउने ९३ जना विद्यार्थीहरु यस विद्यालयका थिए । एक जनाले ४ जिपिए प्राप्त गरेका थिए । कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्रि–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ । हाल दृष्टिविहीन र बौद्धिक अपाङ्ग गरी दुवै अपाङ्ग इकाइ समेत सञ्चालित छन् । दृष्टिविहीन ३२ जना आवासीय र ३४ जना बौद्धिक अपाङ्ग डे–वोडर्सको रुपमा अध्ययनरत छन् । भौतिक व्यवस्थापनमा विद्यालय सवल छ ।

हरियाली, फुलवारी, सरसफाई लगायतमा विद्यालयले निकै ध्यान दिएको पाईन्छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमूना महानगरको रुपमा विकास गर्ने काममा यो विद्यालय कोशेढुंगा सावित भएको बताउनुभयो । यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतको कारणले विद्यालय उत्कृष्ट बनेको भन्दै उहाँले थप गुणस्तर विकासमा जुट्न आग्रह गर्नुभयो । महानगरभित्रका अन्य विद्यालयले पनि यो विद्यालयको सिको गरेर गुणस्तर सुधारमा लाग्नुपर्ने उहाँ बताउनुहुन्छ ।

विगत ६० वर्षमा जुन उपलब्धी प्राप्त भएको छ यसले यहाँको शैक्षिक अवस्थालाई देशभर चिनाउन सकेको भन्दै उहाँले निरन्तरको मिहिनेतले नतिजा आउँछ भन्ने प्रमाण यो विद्यालयले दिएको बताउनुभयो ।

शुक्रबार, पुष १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.