भरतपुर, भदौ ३।
श्री कृष्ण जन्माष्टमीको अवसरमा भरतपुरको अरोमा मा.बि मा भजन प्रतियोगिता सम्पन्न भएको छ।
चार सदनका सात ग्रुपको सहभागितामा भएको उक्त भजन प्रतियोगितामा विद्यार्थीहरुले कृष्ण जि को भजन गाउने र चाच्ने गरेर मनोरञ्जन गरेका थिय।
Advertisement
बिद्यालयका स्कुल क्याप्टेन निश्चल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका निर्देशक जीवन केसी प्रमुख अतिथी रहनु भएको थियो। साथै उक्त भजन प्रतियोगितामा बिद्यालयका इन्चार्ज रामकुमारी थापा , लेखनाथ पौडेल सेकेन्डरी ब्ल्क इन्चार्ज भिम पौडेल र प्राइमरी ब्ल्क इन्चार्ज उपेन्द्र मरठ्ठा अतिथी रहनु भएको थियो।

प्रतियोगितात्मक कार्यक्रममा निर्णयकहरु कमला सापकोटा , टंक पौडेल र बिष्णु खाड रहनु भएको थियो।
भजन प्रतियोगितामा ग्रीन हाउस ( हरियो सदन) प्रथम हुन सफल भएको थियो।

