• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

डोका बिक्रीबाट मासिक ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर


भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोका तयार गर्ने उहाँको भनाइ छ । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

Advertisement

चालीस वर्षअघिबाट डोका बुन्ने काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “एक दिनमा आठदेखि दश वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाबाट नै मेरो चिनारी बनेको छ ।” डोका स्थानीय बजारमा प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताउनुभयो । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात÷आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ । “डोका बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु सात÷आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।”

Advertisement

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाको लागि विभिन्न ठाउँबाट माग हुने उहाँले बताउनुभयो । “मैले बुनेको डोकाको लागि जिल्लाका विभिन्न ठाउँबाट माग हुन्छ”, उहाँले भन्नुभयो, “गाईबस्तुपालनसँगै खेतीपाती पनि गर्छु । कहिलेकहीँ त मागअनुसारको डोका पु¥याउन समस्या हुन्छ ।”

आफूले बुनेको डोकालाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेिख छ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो । “डोकाको माग धेरै ठाउँबाट आउँछ”, उहाँले भन्नुभयो, “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ÷गाउँबाट मानिस आउँछन् ।” सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोका बुन्दै आएको तामाङको भनाइ छ ।

“नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्”, उहाँले भन्नुभयो, “डोका बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।” प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत पेसालाई स्थानीय सरकारले संरक्षणसँगै विकासमा ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

“पछिल्लो समय विभिन्न खालका सीपमूलक पेसा लोप हुने अवस्था छ”, उहाँले भन्नुभयो, “मैले गरेको काम मेरो छोरा नातिले गर्न चाहँदैनन् । यस्ता खालका परम्परागत पेसालाई जोगाउन आवश्यक छ । यसमा सरकारले पहल गर्नुपर्छ ।” आफ्नो गाउँघरमा बूढापाकाले मात्र यस्ता चोयाका सामग्री बनाउने गरेको तामाङले बताउनुभयो । यस्ता खालका परम्परागत कामलाई व्यावसायिकीकरण गर्नसके अझ सहज हुने उहाँको भनाइ छ । रासस

सोमबार, असोज १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.