भरतपुर, साउन ९।
भरतपुर १० चितवनमा अवस्थित अरोमा ईंग्लिश स्कुलमा विद्यार्थीहरुका लागी उद्घोषण तालिम सुरु भएको छ।

अरोमा ईंग्लिश स्कुलको आयोजना एवं वन स्टेप मिडियाको सहकार्यमा आयोजना भएको उद्घोषण तालिम साउन ८ गते देखी सुरु भएको हो। करिब २० दिन सम्म सञ्चालन हुने तालिम परिक्षाको बिदा (१४ गते) सम्म र अन्य बिदाको दिनमा हुने भएको हो। २५ जना भन्दा बढी विद्यार्थीहरुको सहभागीता रहेको तालिम बिद्यालयकै सभा हलमा आयोजना गरिएको छ।
बिहान ७:३० देखि ९:३० सम्म सञ्चालन भएको तालिममा विद्यार्थीहरुलाई कार्यक्रम कसरी संचालन गर्ने, सम्बोधन गर्ने तरीका, मन्तव्य दिने तरिका, उच्चारण , रेडियो कार्यक्रम आदि बिषयमा जानकारी दिने र विद्यार्थीहरुलाई सजिलै संग बिद्यालयको कार्यक्रममा उद्घोषण गर्न सक्ने बनाउनका लागि उक्त तालिम संचालन गरिएको हो।

तालिममा प्रशिक्षक वन स्टेप मिडियाका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी आयुष न्यौपाने रहेका छन्।

