( बिशेस कार ण राखिएको पुरा नो समाचार ) साउन – ७ , चितवन। नेपाल राष्ट्र बैंकले एक हजारको नयाँ नोट आज बुधबारदेखि बजारमा प्रचलनमा ल्याएको छ। एक हजारको नोटमा अहिले प्रयोग भैइरहेको आकार तथा रङ भएपनि एउटा हात्तीको चित्रको सट्टा दुई वटा हात्तीको चित्र भएको नोट प्रचलनमा आएको छ।
नोटको प्रारम्भिक भाग बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँस र एक हजार नोट जनाउने अंग्रेजी अंक १००० को पनी छाप रहेको छ। नोटको अघाडीको भागको दायाँतर्फ तल्लो भागमा छुट्टै सामर्थ्य भएका व्यक्तिहरूले छामेर नोट पहिल्याउन सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षर ‘एम’ रहेको छ।
नोटमा निवर्तमान गभर्नर डा. चिरञ्जिवी नेपालको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागको बोर्डरमा नेपालीमा विसं २०७६ लेखिएको छ। त्यसैगरी, चितवनमा रहेको सरकारी हात्तीसारमा देवीकली नामको हात्तीबाट जन्मिएका राम र लक्ष्मण जुम्ल्याह हात्तीको चित्र नोटको पृष्ठ भागमा रहेको छ।

